आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ हुँदै, फैसला आजै आउन सक्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ हुँदै, फैसला आजै आउन सक्ने
काठमाडौँ, चैत २० :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र बर्खास्त गरिएका कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो ।  सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ । रिटको आज पुनः सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।  

शाक्यले  चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै  रिट दायर गरेका थिए । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । 

आज सुनुवाइ सकेमा दुवैको मुद्दामा फैसला हुने जनाएको छ ।  परस्पर फरक माग गरिएको घिसिङ र शाक्यको मुद्दालाई सर्वोच्चले एक साथ राखेर सुनुवाइ गरिरहेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार