
काठमाडौं, चैत २० :
म्यानमारमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको छ । चार हजार ६३९ जना घाइते भएका छन् ।
भूकम्पले म्यानमारको पश्चिमी र दक्षिणी क्षेत्रलाई ठूलो प्रभाव परेको छ, जहाँ दर्जनौँ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
राहत कार्यको लागि म्यानमारका प्रमुख शहर र ग्रामीण क्षेत्रहरूमा प्रभावित जनतासम्म खाना, पानी र स्वास्थ्य सहायता पुर्याउने कार्य भइरहेको छ ।
पर्याप्त उपकरणको अभावमा भग्नावशेषमा पुरिएकाहरुको जीवितै उद्धार कठिनाई भइरहेक छ ।सरकारले आपतकालीन राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।