बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

वायु प्रदूषणले ढाक्यो उपत्यका, बादल फाट्न अझै केही दिन लाग्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
वायु प्रदूषणले ढाक्यो उपत्यका, बादल फाट्न अझै केही दिन लाग्ने
काठमाडौँ, चैत २१ :

विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । 

भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । 

हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू- भागमा आंशिक बदली भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार