
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । ३.३५ अंकले बढेको नेप्से २,७०३.३९ अंकमा कायम रह्यो ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स २.३० अंकले बढेर ४५०.८ अंकमा पुगेको छ । आज ३२४ कम्पनीको ६९ हजार ८९ पटकको कारोबारमा एक करोड ५५ लाख दुई हजार नौ सय ९८ कित्ता सेयर किनबेच भए ।
अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकामा आज ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँको कारोबार भयो । आज ९३ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा तीन समूहको बढेर बाँकीको सूचक घटेका छन् । आज ग्रिन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै सुपरमादीको ६.९५, राधी विद्युत्को ४.९०, एनएलजी इन्स्योरेन्सको ४.६३ प्रतिशत बढ्यो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो । आज धेरै कारोबार हुने कम्पनीको सूचीको पहिलो नम्बरमा हिमालयन रिइन्स्योरेन्स रह्यो ।