बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

वातावरण मन्त्रालयको प्रस्ताव- सातामा दुई दिन बिदा दिऊँ या जोरबिजोर लागु गरौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
वातावरण मन्त्रालयको प्रस्ताव- सातामा दुई दिन बिदा दिऊँ या जोरबिजोर लागु गरौं
काठमाडौं, चैत २१ :

काठमाडौं उपत्यकाको वायु प्रदूषण झन् झन् बढ्न थालेपछि वातावरणसँग सम्बन्धित पक्षका विज्ञहरुले समयमै रोकथामका लागि  उपाय अपनाउनु सुझाएका छन् ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले  सहरी विकास मन्त्रालयमा बढ्दो वायु प्रदूषणको विषयमा आज (बिहीबार) गरिएको छलफलमा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् ।

छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले साताको दुई दिन बिदा दिनुपर्ने वा सवारीसाधन जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरे । प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै विज्ञहरुले केहिदिन चाप कम गर्नुपर्ने सुझाए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले भने प्रदूषण बढ्नुमा निजी मोटर र मोटरसाइकललाई दोष देखाउँछ । त्यसलाई कम गरेर सार्वजनिक सवारीसाधनलाई प्राथामिकता दिनुपर्ने महासंघका प्रतिनिधिको जोड छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वायु प्रदूषण हुनुमा सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए ।

डढेलोविज्ञ सुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनुपर्ने सुझाव दिए ।

सबैको सुझाव सुनेपछि कार्यवाहक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेले रहेको भन्दै उनले छिटै सरकारले यस विषयमा निर्णय लिने बताए ।

छलफललमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार