बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

कार्यवाहक प्रधानमन्त्री सिंहले आज आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ चैत, २०८१ मा प्रकाशित
कार्यवाहक प्रधानमन्त्री सिंहले आज आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गर्दै
काठमाडौँ, चैत २२ :

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसहितको टोलीसँग छलफल गर्ने भएका छन् ।

शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको महासंघले जनाएको छ ।

हिजो पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार