काठमाडौँ, चैत २२ :

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँले घटेको छ ।

हिजो तोलामा एक लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज घटेर तोलामा एक लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य घटेर तोलामा एक हजार ८७० रुपैयाँ कायम भएको छ ।