प्रधानमन्त्री केपी ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गरेका छन् ।
बिमस्टेकको शिखर सम्मेलन सकिएपछि बैंककस्थित होटेल सांग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले शुक्रबार भेट गरेका हुन् ।
बिमस्टेकको सचिवालय बंगलादेशमा ढाकामा रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।