शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स #मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स
समाचार प्रदेश विदेश

भुटानको हिमताल फुट्दा भीषण बाढी,भारतमा उच्च सतर्कता

१० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भुटानको हिमताल फुट्दा भीषण बाढी,भारतमा उच्च सतर्कता
काठमाडौं, कात्तिक १३ :

भुटानको लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान र आश्रयस्थलमा सारिएको छ।

भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले गसा जिल्लामा रहेको प्रसिद्ध पर्यटन स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारहरू बगाएको छ।  बाढीले दुईवटा बेली ब्रिज पनि बगाएको छ।
घटनामा हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको खबर आएको छैन।

भुटानको लेम्थाङमा हिमताल फुटेको खबर प्राप्त भएपछि पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ। सङ्कोश र मो छु नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।

प्रहरीका अनुसार हालसम्म करिब ४ हजारदेखि ५ हजार मानिसलाई विद्यालय भवनहरूमा बनाइएका राहत शिविरहरूमा सारिएको छ भने ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको छ।  पानीको बहाव केही घटे पनि प्रशासनले उच्च सतर्कतामा अपनाएको छ।

शिविरहरूमा सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। सङ्कोश नदी क्षेत्रका लागि रेड अलर्ट जारी गरिएको छ।
शिन्ताफु ताल भुटानका १७ वटा जोखिमयुक्त हिमतालहरूमध्ये एक मानिन्छ।

गत भदौ १० गते नेपालको भोटेकोशीमा आएको बाढीले थुप्रै जनधनको क्षति पुर्‍याएको छ । बाढीले घर बगाउँदा हजारौं मानिस विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार