
नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार बिहानदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
महासचिवमा वरिष्ठ अधिवक्ता प्रा डा. मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ ।
प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार नयाँ कार्यसमिति छनोटका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् । निर्वाचनमा २५ जनाका लागि ५७ को उम्मेदवारी परेको छ । आजै साँझदेखि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।