आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

देशका विभिन्न भागमा वर्षा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
देशका विभिन्न भागमा वर्षा
काठमाडौं, चैत २७ :

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा छिटपुट वर्षा भएको छ । सिन्धुपाल्चोक, नुवाकोट, पाल्पा, झापा, सुनसरी, सल्यान, दाङलगायत विभिन्न जिल्लाहरूमा हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित भएकाले पनि वर्षाले राहत दिलाउने मौसमविद्हरूको भनाइ छ ।

बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन् । कोसी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनयता काठमाडौंको वायुमण्डल प्रदूषित हुँदा सर्वसाधारणमा आँखा पोल्ने, घाँटी दुख्ने, दमलगायतका समस्या देखिन थालेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार