
काठमाडौं, चैत २७ :
नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजयप्रसाद मिश्र विजयी हुने लगभग निश्चित भएको छ । गन्न बाँकी मतभन्दा उनको मतान्तर धेरै रहेको जनाइएको छ । मिश्र प्रतिस्पर्धी रमण श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् । मिश्र प्यानलका सबै उम्मेदवार जित्ने निश्चित भएको छ ।
अब पुनरावेदन अदालत पाटन र ललितपुर जिल्लाको गरी २ हजार ११८ मत गन्न बाँकी छ । मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।आज साँझसम्म अन्तिम परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
मिश्र सत्ता गठबन्धनबाट अध्यक्षमा उठेका हुन् भने माओवादी-रास्वपा लगायत दलको तर्फबाट श्रेष्ठ प्रतिस्पर्धामा छन् । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो ।