मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
अर्थतन्त्र

चालु आर्थिक वर्षको ८ महिनामा मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
चालु आर्थिक वर्षको ८ महिनामा मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत
काठमाडौँ, चैत २८ :

चालु आर्थिक वर्ष २०८१- ८२ को फागुन मसान्तसम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ ।
   
नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे चालु आवको आठ महिनाको तथ्याङ्कअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो । 

यस्तै, वैदेशिक व्यापारमा यस अवधिमा आयात ११ दशमलव दुई प्रतिशतले र निर्यात ५७ दशमलव दुई प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा नौ दशमलव चार प्रतिशतले र अमेरिकी डलरमा छ दशमलव नौ प्रतिशतले बढेको छ । चालु खाता एवं शोधनान्तर स्थितिमा चालु आवको आठ महिनामा शोधनान्तर स्थिति रु ३१० अर्ब ३७ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।

यस्तै, सरकारी वित्त स्थितिमा नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु ७२० अर्ब ३५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय चार दशमलव आठ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव नौ प्रतिशतले बढेको छ । 

यस तथ्याङ्कअनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन चार दशमलव तीन प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा छ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर नौ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर सात दशमलव सात प्रतिशत रहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार