सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कर्णाली प्रदेश

वर्षाले कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
वर्षाले कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध
कालिकोट, चैत २८ :

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा सञ्चालनमा आएको छ भने रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए । ‘अहिले पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले भने, ‘आज नै सडक सञ्चालनमा आउँछ ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार