बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार

तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं भारतबाट पक्राउ, आत्मसमर्पण गरेको सचिवालयको दाबी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं भारतबाट पक्राउ, आत्मसमर्पण गरेको सचिवालयको दाबी
फाइल फोटो ।
काठमाडाैं, चैत २८ :

राजधानीको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भारतको आसाम राज्यमा पक्राउ परेका छन्। पक्राउ गरिएको नभइ आत्मसमर्पण गरेको उनको सचिवालयलर् दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ। 

उक्त दिन प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। प्रदर्शनका क्रममा उनले प्रहरीलाई किच्ने गरी गाडी चलाएको आरोपसमेत लागेको छ। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।

यद्यपि, उनी फरार नभएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरू सार्वजनिक गरेका थिए। तर, प्रहरीले उनलाई ट्र्याक गर्न नसकेको भन्दै व्यापक आलोचना भएको थियो।

प्रहरी स्रोतका अनुसार, प्रसाईंको भारततर्फ भागेको सूचना पाएपछि नेपाल प्रहरीको विशेष ब्युरोले उनको ‘लोकेसन’ पत्ता लगाएर निगरानी बढाएको थियो। प्रहरी टोली उनलाई पक्रन नजिक पुगेपछि उनी फेरि स्थान परिवर्तन गर्दै सामाजिक सञ्जाल समेत प्रयोग नगरी लुकेर बसेका थिए। तर, बुधबार उनले फेरि एक भिडियो सार्वजनिक गर्दै आफू असुरक्षित महसुस भएकाले सुरक्षाको कारणले बाहिर नदेखिएको बताएका थिए।

प्रसाईंका परिवारले पनि उनी प्रहरी सम्पर्कमा पुगेको पुष्टि गरेका छन्। तर, परिवारका अनुसार उनी पक्राउ परेका होइनन्, आफैँ सुरक्षाको खोजीमा आसाम प्रहरीसमक्ष पुगेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार