बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

पानी परेसँगै काठमाडौँ उपत्यकाको तुवाँलो घट्यो, शनिबारदेखि मौसममा सुधार आउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ चैत, २०८१ मा प्रकाशित
पानी परेसँगै काठमाडौँ उपत्यकाको तुवाँलो घट्यो, शनिबारदेखि मौसममा सुधार आउने
काठमाडौँ, चैत २९ :

पानी परेसँगै काठमाडौँ उपत्यकासहित प्रमुख शहरमा देखिएको तुवाँलो घट्दै गएको छ ।

काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट पानी पर्न सुरु भएको थियो भने बिहीबार पनि सामान्य वर्षा भयो । 

गत एक साता विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौँको वायु प्रदूषण मापन आज १८ औँ स्थानमा झरेको छ । 

पानी परेसँगै प्रदूषणको मात्रा पनि आधाले घटेर एक्युआई ११६ कायम भएको छ । यद्यपि, वर्षा गराउने प्रणाली शनिबारसम्म कायमै रहने भएकाले आकाशमा बादल लागेको मौसमविद्ले बताएका छन् ।

बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार