
Photo: BBC Hindi
काठमाडौँ, चैत २९ :
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले हेलिकप्टरमा पर्यटकहरूको एक परिवार रहेको बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको जनाइएको छ ।
न्यु योर्क शहरका मेयर एरिक एडम्सले परिवारका पाँच जना स्पेनका र छैटौं व्यक्ति पाइलट भएको बताएका छन् ।
न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन् ।
बिहीबार भएको दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा ठोक्किएको देखिन्छ । हेलिकप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो ।