सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दाउन्ने सडकको हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा आवागमन अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ चैत, २०८१ मा प्रकाशित
दाउन्ने सडकको हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा आवागमन अवरुद्ध
नवलपरासी, चैत २९ :

दाउन्नेको सडकको हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा सवारी आवागमन अवरुद्ध भएको छ ।

दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

राजमार्ग खुलाउने प्रयास जारी रहेको र हिलोमा फसेका गाडी चिप्लिएका कारण राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

बिहीबार दाउन्ने क्षेत्रमा परेको वर्षाले राजमार्ग हिलाम्य भएको छ ।  ग्राभेल नहालेका कारण दाउन्ने राजमार्गको १४ किलोमिटर खण्डमा समस्या हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार