
प्रतीकात्मक तस्बिर ।
चितवन, चैत २९ :
हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको ज्यान गएको छ। मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत २२ वर्षीय चन्द्रकिशोर दास रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, दास चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत चरनपुर पोस्टमा कार्यरत थिए। बिहान गस्ती सकेर फर्किएपछि ब्यारेकमा हतियार सफा गर्ने क्रममा अचानक गोली पड्किएको थियो।
घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। तर उपचारका क्रममा आज साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।