भोजपुर, चैत ३१ :

भोजपुर नगरपालिका- ५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १- ०२- ००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका- ३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर- ५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।