पर्सा, चैत ३१ :
वीरगन्जमा हनुमान जयन्तीको विषयलाई लिएर शनिबार भएको झडपपछि कर्फ्यु उल्लङ्घन गर्ने ३६ जना पक्राउ परेका छन् ।
हुल-हुज्जत गरी कर्फ्यु उल्लङ्घन गर्न खोज्ने र अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
झडपका क्रममा पाँचवटा मोटरसाइकलमा क्षति पुग्नका साथै दुई बिरयानी हाउसमा तोडफोड भएको छ । प्रशासनले आज (आइतबार) मध्याह्न १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
झडपमा संलग्न हिन्दु र मुस्लिम दुवै पक्षलाई बोलाएर वार्ता गर्ने क्रम जारी रहेको जनाइएको छ ।