शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका ८० वर्षीय वृद्धको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका ८० वर्षीय वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर ।
बागलुङ, वैशाख १ :

बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय वृद्ध हस्तबहादुर गुरुङले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका छन्। सख्त रूपमा घाइते भएका गुरुङको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार शनिबार दिउँसो घरदेखि करिब ५० मिटर टाढा रहेको चउरमा गुरुङले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो लागेको देखेपछि उनकी श्रीमती र छोरा थमन गुरुङले तत्काल उद्धार गर्दै आगो निभाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पुर्‍याएका थिए।

अस्पतालमा पुर्‍याउँदा कम्मरमाथिको भाग गम्भीर रूपमा जलेको अवस्थामा गुरुङको अवस्था नाजुक रहेको बताइएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार