काठमाडौं, वैशाख १ :

जाजरकोटमा सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ ।

जाजरकोटको पैक भन्ने स्थानमा २०८२ सालको पहिलो दिन नै केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिबारे विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्प गएको स्थान कुशे गाउँपालिका वडा नम्बर ९ मा पर्छ ।