नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ।
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। निगमका अनुसार संशोधित मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।