बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोलमा ३, डिजेल र मट्टीतेलमा ५ रुपैयाँ बढ्यो

खाना पकाउने ग्यासको मूल्य भने यथावत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ साउन, २०८३ मा प्रकाशित
पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोलमा ३, डिजेल र मट्टीतेलमा ५ रुपैयाँ बढ्यो
काठमाडौं, साउन १७ :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। निगमका अनुसार संशोधित मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

The government has increased the price of petroleum products

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार