त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत दिने भएको छ ।
सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएपनि निरन्तरता दिन सकेको थिएन । आजबाट उक्त सेवालाई निरन्तरता दिइएको त्रिविले सूचना मार्फत जानकारी गराएको हो ।
त्रिविले आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन भएको सूचनामा उल्लेख गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।