काठमाडौं, वैशाख २ :

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति एृवं प्रधानमन्त्री केपी ओलीले रेक्टर खड्ग केसीलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ । सोहीअनुरुप कुलपति ओलीले मंगलबार केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

उपकुलपति केशरजंग बरालले चैत १५ गते दिएको राजीनामा कुलपति ओलीले गत बिहीबार स्वीकृत गरेका थिए । २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त बरालले कुलपति ओलीको हस्तक्षेप र असहयोगले राजीनामा दिएको बताएका छन् ।