काठमाडौं, वैशाख ३ :

साताको चौथो कारोबार दिन बुधबार नेप्से ७.१ अंकले बढेर २६९६.२३ विन्दुमा रोकिएको छ ।

कारोबारका क्रममा नेप्से २७ सय ४ अंकसम्म पुगेको थियो । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएको थियो । आज (बुधबार) भने ३२९ कम्पनीका एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँबराबरको कारोबार भयो ।

बुधबार १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको सेयर मूल्य घट्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

साथै, बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ५.५५ प्रतिशतले घटेको छ । बुधबार ङादी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

आजको दिनमा हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखियो । अर्थात् हाइड्रोपावर समूह १.६३ प्रतिशतले बढ्दा बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०.११ प्रतिशत बढे ।

फाइनान्स ०.६७, होटेल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन समूह ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशत घटे ।