बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

बाजागाजासहित मनाइयो बिस्का : सगुन जात्रा 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
बाजागाजासहित मनाइयो बिस्का : सगुन जात्रा 
काठमाडौँ, वैशाख ४ :

बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ । 

आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएर सहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ- आफ्ना द्योः छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।    

यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार