बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

भृकुटीमण्डपमा वैशाख ६ मा खाना महोत्सव हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
भृकुटीमण्डपमा वैशाख ६ मा खाना महोत्सव हुँदै
काठमाडौं, वैशाख ४ :

नेपाली खानाको प्रवर्द्धनका लागि काडमाडौँको भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुने भएको छ । नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा खानाको प्रवर्द्धनका लागि यही वैशाख ६ गते शनिबार भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुन लागेको हो ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरुण अधिकारीले नेपाली खानाको प्रवर्द्धनका लागि अन्तरराष्ट्रियस्तरका सेफलाई यहाँ बोलाएर खाना महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी सेफको सहभागिता रहनेछ ।

अधिकारीले हाल अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको ३८ वटा देशमा शाखा रहेको बताउँदै सोसाइटीले हाल नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको जानकारी दिए । उनका अनुसार महोत्सवमा ५० वटा कक्षमा विभिन्न जातजाति (नेवारी, थारु, राई लिम्बू, थकाली) का मौलिक खाना रहनेछन् ।

यसबाहेक मःम चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिँडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूललगायतको कक्ष कक्ष रहने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार