काठमाडौँ, भदौ १४ :

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –३ स्थित शे गुम्बामा भदौ १६ देखी शेल्री डुग्ड्रा (शे) मेला लाग्ने भएको छ ।

१२ वर्षे मेलामा आउने आगन्तुक तथा पाहुनाहरूलाई बस्नका लागि धमाधम संरचनाहरू निर्माण गरिदै छ। 

शे मा पुजा तथा मेलाका लागि देश भित्र र बाहिरबाट समेत पर्यटकहरू जाने गर्दछन् ।

मेला भदौ २१ गतेसम्म चल्ने जनाइएको छ ।