बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश लुम्बिनी प्रदेश

कश्मीरमा आतंकवादीको आक्रमणबाट बुटवलका सुदीप न्यौपानेको मृत्यु, उनकी आमा घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० वैशाख, २०८२ मा प्रकाशित
कश्मीरमा आतंकवादीको आक्रमणबाट बुटवलका सुदीप न्यौपानेको मृत्यु, उनकी आमा घाइते
काठमाडौं, वैशाख १० :

जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा मारिएका नेपालीको पहिचान खुलेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार उनी रुपन्देहीको  बुटवल ११, कालिकानगरका सुदीप न्यौपाने हुन् । यस्तै आक्रमणमा उनकी आमा रेनु पाण्डे घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरु घुमघामका लागि त्यहाँ पुगेका थिए । भारतीय सञ्चारमाध्यमले हमलामा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले काश्मीरमा आतङ्ककारीको आक्रमणमा परी मृत्यु भएका न्यौपानेको निधनको खबरले आफू निकै मर्माहत भएको उल्लेख गरेकी छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

साथै उनले आतङ्ककारी हमलामा परेर घाइते भएकी उनकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । यस्तो क्रूर र अमानवीय कार्यको नेपाल सरकारले निन्दा र भर्त्सना गर्दै  दु:खद घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको जनाइएको छ । 

आतंकवादी हमलाको प्रधानमन्त्रीद्वारा निन्दा
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार