
काठमाडौं, वैशाख ११ :
नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ ।
बैठकमा भोलि (शुक्रबार) देखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।
साथै, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा विधेयकलगायत महत्त्वपूर्ण विधेयकमा संसद्मा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।