बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार लुम्बिनी प्रदेश

कश्मीर आक्रमण : आतंककारीको हमलामा ज्यान गुमाएका सुदीपको शव ल्याइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ वैशाख, २०८२ मा प्रकाशित
कश्मीर आक्रमण : आतंककारीको हमलामा ज्यान गुमाएका सुदीपको शव ल्याइयो
काठमाडौं, वैशाख ११ :

भारतको जम्मु कश्मीरमा भ्रमणका क्रममा पुगेका बुटवलका सुदीप न्यौपानेले आतंकवादी हमलामा ज्यान गुमाउनुपर्‍यो । उनको शव नेपाल सरकारको पहलमा भारतीय सरकारको सहयोगमा आज (बिहीबार) नेपाल ल्याइएको हो ।

मंगलबार दिउँसो बन्दुकधारीले गोली प्रहार गरी ज्यान गुमाएका सुदीपको शव नयाँदिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान करिब ७ सुदीपको शव नेपाल ल्याइएको हो ।

२७ वर्षीय सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्विट्जरल्यान्डसमेत भनिने वैशरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ गएका थिए । आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।

भाग्ने क्रममा रिमाकला सामान्य घाइते भएकी थिइन् । सुदीपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् । आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुईजना विदेशी नागरिक थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार