रुपन्देही, वैशाख ११ :

भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको हो ।

सुदीपलाई काका कपिलदेव न्यौपानेले दागबत्ती दिएका थिए । उनका बुबा र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले दागबत्ती दिएका थिए । सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो भने त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो ।

सुदीपको मृत्युले अहिले बुटवल शोकाकुल बनेको छ ।आमा, बहिनी र ज्वाइँसँग कश्मिर घुम्न गएका सुदीप मंगलबार दिउँसो आंकवादी हमलामा परेका थिए ।