काठमाडौं, वैशाख १२ :

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज (शुक्रबार) बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि हिजो (बिहीबार) साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको थियो ।