काठमाण्डौं, वैशाख १३ :
नेपाल सुपर लिग एनएसएलमा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी बिच आज उपाधिका लागि प्रतिस्पर्धा हुदैछ ।
एनएसएलको तेस्रो संस्करणको उपाधिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे प्रतिस्पर्धा हुदैछ ।
साबिक विजेता ललितपुर सिटिले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै फाइनलमा सिधैं स्थान बनाएको हो। पोखराले भने सुरुका दुई खेलमा पराजित हुँदै लिगको सुरुवात गरेको थियो । तर त्यसपछिका ४ र प्लेअफमा २ गरी पछिल्ला ६ खेलमा अपराजित रहयो ।
पोखरा थण्डर्स पहिलो पटक फाइनल पुगेको हो ।