बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति लुम्बिनी प्रदेश

हिन्दुलक्षित कश्मीर हमला जघन्य अपराध : डा. महत

हिन्दुलक्षित कश्मीर हमलाको कांग्रेस प्रवक्ता डा.महतद्वारा निन्दा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
हिन्दुलक्षित कश्मीर हमला जघन्य अपराध : डा. महत
दाङ, वैशाख १४ :

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मीरमा भएको हिन्दुलक्षित आतंककारी हमलाको निन्दा गरेका छन् ।

पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता डा. महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन् ।

उनले भने, ‘भारतको कस्मीरमा हिन्दुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो जघन्य अपराध हो । यो आतंकमा संलग्न जो-कोहीलाई कारबाही हुनुपर्छ ।’

उनले घटनामा नेपाली नागरिक मारिएकामा दु:ख व्यक्त पनि गरेका छन् । ‘यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिकसमेत मारिएका छन् । उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु,’ उनले भने ।

साथै उनले आतंकवादका विरुद्ध विश्व समुदाय एक हुनुपर्ने धारणा पनि राखे । ‘यो घटनामा हामी भारत र भारतीय जनताको साथमा छौं,’ प्रवक्ता महतले भने, ‘यस्ताखाले आतंकवादका विरुद्ध सारा विश्व एक हुनुपर्छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार