शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

सानो पाइला सहकारी ठगी प्रकरण : रविसहित ४१ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
सानो पाइला सहकारी ठगी प्रकरण : रविसहित ४१ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय
पर्सा, वैशाख १४ :

बहुचर्चित सानो पाइला बचत तथा ऋण सहकारी संस्था प्रकरणको अनुसन्धान सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन समेत बुझाइसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित ३० जना व्यक्ति र ११ वटा संस्थालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

अनुसन्धानमा काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी र जीबीले सञ्चालन गरेका गोर्खा मिडिया नेटवर्क, नेचर हब्स, नेचर नेस्ट, जीबी ग्रुप अफ कम्पनीज लगायतका संस्था समेत संलग्न देखिएको प्रहरीको भनाइ छ।

सामूहिक रूपमा ४१ जना प्रतिवादीबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ रुपैयाँ २९ पैसाको बिगो दाबी गरिएको छ। उनीहरूमाथि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अभियोग लगाउन सुझावसहित प्रतिवेदन पेश गरिएको हो।

अब सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन गरी अभियोग पत्र तयार पार्नेछ। रवि लामिछाने र छविलाल जोशी हाल रुपन्देही कारागारमा रहेका छन्। चार वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार