बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति शिक्षा

सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन महासंघको अपिल

· सोमबार, १५ वैशाख, २०८२ मा प्रकाशित
सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन महासंघको अपिल
वैशाख १५ :

शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले हिजो आइतबार आफूहरूमाथि भएको दमनको प्रतिकार गर्ने बताएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको क्रुर दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था,आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेको छ ।  

नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई आफ्ना साथीहरूमाथि भएको अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन समेत अपिल गरेको छ ।

देशभरका शिक्षकहरुले गत वर्षको माघ २० गतेबाट काठमाण्डौंमा निरन्तर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार