
हेटौंडा, वैशाख १६ :
मकवानपुरको बागमती गाउँपालिका ३, देउजोरमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।
स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका ९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनको शव परीक्षणका लागि हेटौंडा अस्पताल लगिएको छ ।