
कैलाली, वैशाख १६ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको अभियान टोलीले कैलारी गाउँपालिका ५, बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद-बेपत्ता परिवारसँग छलफल गरेको छ ।
कार्यक्रममा सहभागी पीडित परिवारहरूले आफूहरूको पीडा, अवस्था र अपेक्षाबारे अध्यक्ष दाहालसामु राखेका थिए । दाहालले द्वन्द्वकालीन मुद्दा समाधान, पीडितहरूको न्याय सुनिश्चितता र जीवनस्तर सुधार गर्न पार्टीको तर्फबाट निरन्तर पहल जारी रहने प्रतिबद्धता जनाए ।
छलफलमा स्थानीय नेता, पीडित परिवारका सदस्यहरू तथा माओवादी केन्द्रका विभिन्न तहका नेता-कार्यकर्ता सहभागी थिए ।