काठमाडौं, वैशाख १७ :

सत्तापक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।

यही वैशाख १९ गते संघीय संसद्‌को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षक आन्दोलन, सरकारका काम-कारबाहीलगायत विषयमा छलफल हुने जनाइएको छ ।