बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष
फाइल तस्बिर।
काठमाडौं, वैशाख १७ :

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधिसभाले ‘केही नेपाल ऐन संशोधन विधेयक’पारित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाइएको हो ।

अहिलेसम्म लागू रहेको ऐनको दफा ५४ को उपदफा ३ अनुसार, चालक अनुमतिपत्रको वैधता पाँच वर्ष तोकिएको थियो। तर संशोधित विधेयक अनुसार अब उक्त उपदफामा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई ‘दश वर्षसम्म’ मा परिवर्तन गरिएको छ । प्रतिनिधिसभाले मंगलबार विभिन्न ७९ वटा ऐन एकैपटक संशोधन गर्ने तथा दुई ऐन खारेज गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१’ पारित गरेको थियो ।

विधेयक अनुसार नयाँ लाइसेन्स मात्र होइन, नविकरण गरिएको लाइसेन्सको अवधि पनि अबदेखि १० वर्षका लागि मान्य हुनेछ । यो विधेयक तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङद्वारा संसदमा पेस गरिएको थियो। मंगलबार प्रतिनिधि सभाबाट पारित भएपछि अब यो विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुनेछ। राष्ट्रिय सभाबाट पनि पारित भइसकेपछि विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि यो ऐन लागू हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार