फाइल तस्बिर।
काठमाडौं, वैशाख १७ :
प्रधानमन्त्री केपी आलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच जारी वार्ता निष्कर्षतर्फ उन्मुख भइरहेका बेला साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएका हुन्।
शिक्षा मन्त्रालयमा जारी वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने छ। मन्त्रिपरिषद्को बैठकले सहमति कार्यान्वयनमा आवश्यक निर्णय लिने बताइएको छ।
सरकार र शिक्षक पक्षबीच सहमति नजिकिएको सङ्केतहरू देखा परेसँगै यो बैठक निर्णायक हुने अपेक्षा गरिएको छ। वार्ता प्रक्रिया सफल भएमा लामो समयदेखि चलिरहेको शिक्षकहरूको आन्दोलन टुंगिने सम्भावना रहेको छ।