आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

शेर्पा किदुग संयुक्त मञ्चद्वारा सम्मानजनक प्रतिनिधित्व सुनिश्चितताको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ वैशाख, २०८२ मा प्रकाशित
शेर्पा किदुग संयुक्त मञ्चद्वारा सम्मानजनक प्रतिनिधित्व सुनिश्चितताको माग
काठमाडौं, वैशाख १८ :

नेपाल शेर्पा किदुग संयुक्त मञ्चले नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पालाई ज्ञापनपत्र बुझाएको छ । शेर्पा किदुग संयुक्त मंचका संयोजक तथा कुलुङ शर्वी किदुगका वर्तमन अध्यक्ष ङिमा नुर्बु शेर्पाको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नेपाल शेर्पा संघको संशोधित छैटौं विधान २०८१ मा शेर्पा किदुग तथा अन्य संस्थाहरुलाई समान व्यबहार र प्रतिनिधित्वको सुनिश्चित नगरी आसमान, झन्झटिलो र विभेदपूर्ण ढंगबाट प्रतिनिधि छनोट गरिएको भन्दै संघका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालको संविधान २०७२ संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यलयमा विधिवत रुपमा दर्ता भइ सञ्चालनमा रहेका किदुग,समाज तथा कलवलाई नेपाल शेर्पा संघले हालै संशोधित छैटौं विधानले विभेद्कारी दृष्टिकोणबाट परिभाषित गरिको र महाधिवेशन प्रतिनिधि छनोट गर्ने विषयमा पनि एकरुप व्यबहार र सम्मानजनक प्रतिनिधित्वको सुनिश्चितता नभएको प्रति शेर्पा समुदायमा क्रियाशील किदुग तथा संस्थाहरुको समूहले गम्भीर असन्तुष्टि रहेको बन्दै संयुक्त किदुगञ्मंचका संयोजाक तथा कुलुङ शर्वी किदुगका अध्यक्ष ङिमा नुर्बु शेर्पाले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

हाल नेपाल शेर्पा संघको संघिय सातौं अधिबेशन मिति २०८२ जेठ २३ र २४ गते काठमाडौंमा आयोजना हुने तयारी अन्तिममा चरणमा रहेको सन्दर्भमा सम्पूर्ण किदुग तथा संस्थहरुलाई सम्मानजनक प्रतिनिधित्वको सुनिश्चितता र महाधिवेशन प्रतिनिधि छनोट एकरुप व्यवहार नगरिएमा संयुक्त रुपमा नेपाल शेर्पा संघका भावी सामाजिक कार्यक्रम तथा गतिविधिहरुमा सहभागी नहुने चेतावनीसमेत दिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार