बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार बागमती प्रदेश

रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ वैशाख, २०८२ मा प्रकाशित
रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै
ललितपुर, वैशाख १८ :

वर्षा र सहकालको देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तानेर आज (बिहीबार) पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै छ । पर्सि (शनिबार)  गाबहालबाट तानेर मंगलबजारसम्म पुर्‍याउने परम्परा छ । 

अक्षय तृतीयको भोलिपल्टबाट रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु हुन्छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १६८२ वर्ष पुरानो मानिन्छ ।

रातो मच्छिन्द्रनाथको रथलाई तानेर जहाँ पुर्‍याइन्छ सोही क्षेत्रमा जात्रा मनाउने परम्परा छ । मंगलबजारबाट सुन्धारा हुँदै नगरका विभिन्न क्षेत्रमा तान्दै रथलाई लगनखेल पुर्याइन्छ । लगनखेल पुर्‍याएको चौथो दिनमा नरिवल खसाल्ने जात्राका रूपमा मनाइन्छ । त्यसपछि रथलाई महिलाहरूले मात्र तान्ने परम्परा छ । यसलाई एकल महिला जात्रा पनि भन्ने गरिन्छ ।

रथलाई महिलाहरूले तानेर इतिस्टोलको चार दोबाटो पुर्‍याइन्छ । त्यसपछि शुभ साइत पारेर रातो मच्छिन्द्रनाथको रथलाई पाटनको इतिस्टोलबाट तानेर जाउलाखेल पुर्‍याइन्छ र त्यसको चौथो दिनमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने गरिन्छ ।

-फाइल तस्बिर

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार