
काठमाडौं, वैशाख १८ :
आफू बसोबास गरेको स्थानबाटै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।
मन्त्रिपरिषद्को बुधबार राति बसेको बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्नेछन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन तीनमहिना प्रतीक्षा गर्नुपर्थ्यो ।