शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

उत्तरी धादिङको दामन पाख्रीन मार्गमा सडक अवरुद्ध, आवतजावतमा स्थानीयलाई समस्या

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
उत्तरी धादिङको दामन पाख्रीन मार्गमा सडक अवरुद्ध, आवतजावतमा स्थानीयलाई समस्या

धादिङ,साउन १३: उत्तरी धादिङको दामन पाख्रीन मार्गमा सडक अवरुद्ध भएको छ । बाटो माथिबाट ढुंगा र माटो सहितको पहिरो खस्दा खनियाँबास गाउँपालिकाको वडा नम्बर ४ स्थित खुर्सानीबारीमा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि   वरपरका स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । ढुंगा र माटो निरन्तर खसिरहेको  छ । बाटो खुलाउन धेरै समय लाग्ने बताईएको छ । धादिङको सदरमुकाम धादिङबेसीबाट ७ घण्टाको पैदल यात्रापछि खुर्सानीबारी पुग्न सकिन्छ ।    

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार