काठमाडौं, वैशाख २१ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी बैठक बोलाएका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आइतबार दिउँसो १ बजे बैठक बस्ने गरी बोलाएको हो ।

बैठकमा पूर्व-पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने उपमहासचिव मातृका यादवले जानकारी दिए ।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।