काठमाडौं, वैशाख २१ :

विवादकै बीच गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ ।

काठमाडौंको हायात होटेलमा आइतबार भएको महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

विवादै-विवादका बीच सर्वसम्मत भएको नयाँ कार्यसमितिको नामावली :

अध्यक्ष : महेशकुमार श्रेष्ठ

उपाध्यक्ष ६ जना
सुनीलकुमार साह
बुद्धिसागर सुवेदी
खगेन्द्र न्यौपाने
लोकप्रसाद दाहाल
मनोजकुमार श्रेष्ठ (गोर्खाली)
विश्वासदीप लिम्बू (तिगेला)

उपाध्यक्ष (महिला) : जुनु गुरुङ

महासचिव : बाबुराम (बीआर) लामा

सचिव ३
चिन्तामणि सापकोटा
टंकप्रसाद गैरे
तिलकप्रसाद गैरे

सचिव (महिला) : देवकी खत्री गुरुङ

कोषाध्यक्ष : ठाकुरप्रसाद ढुंगाना

सह-कोषाध्यक्ष : कृष्णप्रसाद पोखरेल

महिला संयोजक : रश्मी थापा

युवा संयोजक : भीमसेन थापा

एसिया प्रशान्त क्षेत्रीय संयोजक : डा. बलराम श्रेष्ठ

युरोप क्षेत्रीय संयोजक : प्रेमबहादुर गुरुङ

मध्यपूर्व क्षेत्रीय संयोजक : रमेश श्रेष्ठ

उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक : डिलुराम पराजुली

ओसेनिया क्षेत्रीय संयोजक : इर्सद अहमद

क्षेत्रीय उप-संयोजकहरू

एसिया प्रशान्त क्षेत्रीय उप-संयोजक २

माधव पोखरेल र मीमबहादुर पुर्जा

मध्यपूर्व क्षेत्रीय उप-संयोजक २

सुनीलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई

उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप-संयोजक २

विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री

ओसियाना क्षेत्रीय उप-संयोजक २

रामप्रसाद कँडेल र प्रताप राना ।

उता गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिले अहिलेको ‘एकता महाधिवेशन’ भनिए पनि यसमा आफूहरूको कुनै संलग्नता नरहेको बताएको छ ।

उनले एकता महाधिवेशन भनिए पनि विधानविपरीत भएको बताएका छन् । केसीले एनआरएनएको निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरिएको रिट विचाराधीन अवस्थामा रहेकोले यस्ता गतिविधिहरु न्यायिक र प्रशासनिक प्रक्रियाविपरीत भएको उल्लेख गरेका छन् ।